नेपालगन्ज १९ असार : अष्ट्रेलियामा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ ।
यही आईतबार राति करिब ११ः४५ बजे सिड्नीको उत्तरपश्चिममा मेलोन्बास्थित एबेल रोडमा कारले ठक्कर दिँदा ७९ वर्षिय वृद्धको मृत्यु भएको डेलीमेलले जनाएको छ ।
ती वृद्धको पहिचान खुल्न सकेको छैन । उनी छोरीको २५औं विवाहको वार्षिकोत्सवमा सहभागी हुन नेपालबाट अष्ट्रेलिया गएका थिए ।
प्रहरीले कारको दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक गरेको छ । जुन कथित हिट एण्ड रनमा संलग्न रहेको विश्वास गरिएको छ ।
प्रहरीले सवारी साधन र घटनाको समयमा भित्र यात्रा गरेका व्यक्तिहरूको पहिचान गर्न सर्वसाधारणलाई सहयोगको लागि अपील गरेको छ ।
क्र्यास इन्भेस्टिगेशन युनिटमा संलग्न विशेषज्ञ अधिकारीहरूद्वारा अपराध स्थल स्थापना र फोरेन्सिक रूपमा जाँच गरिएको छ ।
घटनाको वास्तविक अवस्था पत्ता लगाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सो घटनाबारेमा कुनै सूचना मिलेमा १८००३३३००० नम्बरमा क्राइम स्टप्पर्सलाई फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ । -नेपालभ्युजबाट
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?