मोन्टाना (अमेरिका) २४ असार : अमेरिकाको ग्लेसियर नेसनल पार्कमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली र भारतीय नागरिकको मृत्यु भएको छ । गएको शनिबार उनीहरूको मृत्यु भएको हो ।
नेसनल पार्कका दुई अलग स्थानमा ती घटना भएका थिए । शनिबार बेलुका २८ वर्षीय नेपाली युवक आफ्ना साथीहरूसँग पौडी खेल्न स्थानीय म्याकडोनाल्ड तालमा गएका थिए ।
ग्लेसियर नेसनल पार्क उत्तरपश्चिम मोन्टानामा अवस्थित छ । उक्त स्थान क्यानडा र अमेरिकाको सीमाक्षेत्रमा पर्छ ।
साथीहरूका अनुसार, उनी पौडी खेल्न अनुभवी थिएनन् । उनी केही बेरमा नै पानीमुनि पुगेको र बाहिर ननिस्केको जनाइएको छ ।
उनको शव करिब ४० फिट तल भएको उद्धार दलले पत्ता लगाएको थियो । शव बेलुका ८ः३० बजेतिर बाहिर निकालिएको थियो । ती नेपाली युवक ओरेगनको पोर्टल्यान्डमा बस्दै आएका र साथीहरूसँग बिदा मनाउन त्यसतर्फ गएका बताइएको छ ।
घटनामा परेका २६ वर्षीय भारतीय नागरिक शनिबार बिहान ८ः३० बजेतिर त्यहाँ पुगेका थिए । भारतीय नागरिक क्यालिफोर्नियाबाट साथीहरूसँग बिदा मनाउन त्यहाँ पुगेका जनाइएको छ ।
उनीहरूका नाम भने खुलाइएको छैन । पार्कका अधिकारीहरूले उनीहरूका परिवारलाई खबर गरिदिन नेपाल र भारतका कन्सुलेटलाई घटनाबारे जानकारी गराएका छन् ।
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो