नेपालगन्ज : संविधान दिवसका अवसरमा फुटबल प्रतियोगिताको अयाोजना गरिने भएकोछ । बाँकेको खजुरामा संविधान दिवसको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन गरिन लागेको हो ।
खजुरा गाउँपालिका–२ स्थित योगिनी माविको खेल मैदानमा आगामी असोज ३ गतेदेखी ७ गतेसम्म सविधान दिवसको अवसरमा ‘योगिनी कप फुटबल प्रतियोगिता’ सञ्चालन गरिने आयोजकले बिहिबार पत्रकार सम्मेलन गरि उक्त कुरा बताएको हो । प्रतियोगीतामा बाँके र बर्दियाका जम्मा ८ समुहले सहभागिता जनाउने जानकारी गराइएको छ ।
सहयोगी आवाज (हिभ) नेपालको आयोजनामा र बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिने आयोजक समितिका संयोजक तरिन्द्रबहादुर थापाले जानकारी दिए । बाँके जिल्लाको फुटबल विकासमा योगदान गरेका खेलकर्मीलाई समेत सम्मान गर्ने तयारी गरेको उनले बताए ।
युवाहरु पछिल्लो समय लागूपदार्थ दुव्र्यसनमा फसेर आफनो अमूल्य समय बर्बात गरिरहेकाले यस्ता समस्याबाट समाज पिडित भैरहेको बेला आफुहरुले योगिनी कप फुटबल प्रतियोगिताको सुरुआत गर्न लागेको संयोजक थापाको भनाई छ ।
विगतको इतिहासमा खजुरा क्षेत्र फुटबलमा सक्रिय रहेको र यहाँ थुप्रै खेलाडीले राष्ट्रिय स्तरमा आफनो प्रतिभा मार्फत बाँकेलाई चिनाएका सफल भएको आयोजक समितिका संरक्षक रत्न खत्रीले बताए ।
प्रतियोगिताले खजुरा क्षेत्रमा घट्दै गएको फुटबलको लोकप्रियता बढाउने र कुलतमा लागेका युवालाई खेल मार्फत समाज विकासमा लाग्न सहयोग गर्ने उनको विश्वास छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला फुलबल संघ बाँकेका अध्यक्ष भोजराज शाहीले खेलकुदको माध्यमबा यहाँ बढ्दै गरेको लागूऔषध दुव्र्यसनीलाई न्यूनिकरण गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।
प्रतियोगीता सफल पार्नको लागि आफुहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रतियोगिता पछि पनि आफुहरु खेलाडीलाई प्रशिक्षणको सहयोग गर्ने उनको भनाइ थियो । राम्रो खेलाडी उत्पादन गर्ने क्षेत्र भएर पनि यहाँ अहिलेसम्म स्तरीय फुटबल प्रतियोगिता हुन सकेको थिएन् ।
प्रतियोगीताले स्थानीय पर्यटन प्रवद्र्धन र खेलको विकासमा महत्वपूर्ण सहयोग पु¥याउने खजुरा क्षेत्र फुटबल खेलाडी उत्पादन गर्दै आएको क्षेत्र भएपनि अहिलेसम्म यस्तो प्रतियोगीता सञ्चालन हुन नसकेकाले आफुहरुले आयोजना गरेको उनले बताए ।
प्रतियोगिता फुटबलको अन्तराष्ट्रिय निकाय फिफाको नियम अनुसार संचालन गरिने आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५० हजार, २५ हजार र १५ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने संयोजक थापाले बताए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत रुपमा उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्डर, डिफेन्स र प्रशिक्षकलाईसमेत पुरस्कृत गरिने उनको भनाइ छ ।
प्रतियोगीता सञ्चालन गर्नको लागि करिब तीन लाख ५० हजार भन्दा बढि रकम खर्च हुने आयोजकको अनुमाण रहेको छ ।
पत्रकार सम्मेलनमा क्षेत्रीय खेलकुद विकास समितिका निर्वतमान उपाध्यक्ष नरेन्द्र थापा, फुटबल प्रशिक्षक सानु तामाङ, भिमजङ्ग शाह, यूवा नेता ऋणिराज देवकोटा लगायतको सहभागीता रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी