बाँकेबाट वैदेशिक रोजगारीमा गएकामध्ये खजुराका धेरैको मृत्यु (कुन पालिकाको कति ?)


सेतोखरी सेतोखरी   शुक्रबार, असार २८, २०८१
बाँकेबाट वैदेशिक रोजगारीमा गएकामध्ये खजुराका धेरैको मृत्यु (कुन पालिकाको कति ?)

नेपालगन्ज २८ असार : वैदेशिक रोजगारीका लागि बाँकेबाट विभिन्न देश गएका नेपालीहरुको मृत्यु हुने गरेको तथ्यांक डरलाग्दो पाइएकोछ । पछिल्लो १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि तेस्रो मुलुक गएका नेपालीहरुको मृत्यु हुने गरेको हो । 

आर्थिक वर्ष २०६८–६९ देखि चालु आर्थिक वर्ष २०८०–८१ को जेठ महिनासम्म १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि विदेश गएका एकसय ७७ नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको तथ्यांकले देखाएकोछ । यसरी विदेशी भूमिमा ज्यान गुमाउने मध्ये दुई जना महिला छन् । 

आर्थिक वर्ष २०६८–६९ देखि चालु आर्थिक वर्ष २०८०–८१ को जेठ महिनासम्म १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि विदेश गएका नागरिकको विदेशी भूमिमा मृत्यु भएको छ । यसवर्ष मात्र २३ जनाको मृत्यु भएको छ ।

वैदेशिक रोजगार बोर्डको तथ्याङ्कमा मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिकाका नागरिक धेरै पाइएको छ । खजुरा गाउँपालिकाका २५ जनाको ज्यान गएको हो । बोर्डको तथ्याङ्कमा दर्ज भएको उक्त डाटा अनुसार विदेशी भूमीमा बाँकेमै सबैभन्दा बढि खजुराका नागरिकको ज्यान गएकोछ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका १८–१८ जना, बैजनाथ गाउँपालिकाका १५ जना, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका ५–५ जना तथा डुडुवा गाउँपालिका र खजुरा गाँउपालिकाका ६–६ जना गरी ९८ जनाको ठेगाना उल्लेख छ । 

वैदेशिक रोजगारीमा गएका मध्ये बाँकेका एक सय ७७ जनाको ज्यान जाँदा अन्य ७९ जनाको पालिकागत ठेगाना उल्लेख भएको छैन् । यद्यपी ती ७९ जना बाँकेकै नागरिक भएपनि कुन पालिकाका हुन भन्ने ठेगाना उल्लेख नभएका कारण बोर्डको तथ्याङ्कमा दर्ज भएको डाटामा खुलाइएको ठेगाना अनुसार बाँकेको खजुरा गाउँपालिकाका नागरिकको मृत्यु संख्या बढी भएको हो ।