हत्या आशंकामा ५ जना पक्राउ, अनुसन्धान जारी छ : प्रहरी
नेपालगन्ज २९ असार : नेपालगन्जमा धारिलो हतियार प्रहार गरि एक युवाको हत्या भएकोछ । गएराती नेपालगन्जको टाङ्गा स्टेशन नजिक दुई समुहबीच भएको झगडामा इरसद राई (कबाडिया)को हत्या भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–११ निवासी ३८ वर्षीय इरसद राई (कबाडिया) को शुक्रबार राती करीब १०ः३० बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।
दुई समुहबीच भएको झगडामा धारिलो हतियार प्रहारबाट गम्भीर घाईते भएका इरसदलाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो । उनको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) नारायण डाँगीले धारिलो हतियार प्रहार गरी एक समुहले राईको हत्या गरेको बताए ।
उनले भने ‘शुक्रबार रातीदेखि अहिलेसम्म शंकास्पद ५ जना युवालाई पक्रेर सोधपुछ गरिरहेका छौं ।’ हत्या गर्ने समुहको पहिचान नभएपनि उक्त समुहले प्रयोग गरेको मोटरसाईकल फेला परेको उनले बताए ।
प्रवक्ता डाँगीले भने, ‘हत्या गर्ने ब्यक्तिको पहिचान भएको छैन, ५ जना शंकास्पद युवालाई पक्राउ गरेकाछौं । घटनास्थल नजिकबाट हामीले एउटा मोटरसाईकल फेला पारेका छौं, सोही आधारबाट हामी हत्यारा पक्राउ गर्न नजिक पुगिसकेका छौं ।’
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागु औषध दुब्र्यशनीकर्ताबीच आपसमा विवाद भएको थियो । विवाद मिलाउन खोजेका राईको नै हत्या भएको बताइएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र