नेपालगन्ज १ साउन : नेपालमा यसवर्ष मनसुन सुरु भएदेखि मङ्गलबार (आज) सम्म मनसुनजन्य विपद्का घटनामा परी एक सय २० जनाको मृत्यु भएकोछ ।
यसवर्ष गत जेठ २८ गते मनसुन सुरु भएको थियो । मनसुन सुरु भएसँगै अविरल वर्षाका कारण बाढी, पहिरो लगायतका विपद्का घटनामा १२० जनाको मृत्यु भएको हो ।
नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा दुई जना, कोसी प्रदेशमा २२ जना, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिममा आठजनाको मृत्यु भएको छ ।
विपद्का घटनामा परी काठमाडौं उपत्यकामा आठजना, कोसी प्रदेशमा ३४ जना, मधेसमा ९ जना, वाग्मतीमा सातजना घाइते छन् । त्यस्तै, गण्डकीमा २८, लुम्बिनीमा ९, कर्णालीमा २९ र सुदूरपश्चिममा ११ गरी १३५ जना घाइते भएका छन् ।
कोसीमा ४१ र गण्डकीमा १२ जना गरी कुल ५३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । पहिरोमा परी कोसीमा दुईजना, मधेसमा एक, वाग्मतीमा दुई तथा गण्डकी, कर्णाली र सुदूरपश्चिममा एक–एक गरी आठजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण हालसम्म १८२ घर डुबानमा परेको जानकारी प्रहरीले दिएको छ । मनसुनजन्य विपद्का घटनाले २१३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ६५२ घर परिवार विस्थापित भएका छन् ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग