नेपालगन्ज ७ साउन : एक पाकिस्तानीलाई लिएर भारत छिरेका दुई नेपाली पक्राउ परेकाछन् ।
बिग्रेको गाडी बनाउन भन्दै एक पाकिस्तानीलाई लिएर भारत छिरेका दुई नेपालीलाई भारतीय प्रहरीको फन्दामा परेका हुन् ।
पक्राउ पर्नेमा पाकिस्तानको मार्दनका ४६ वर्षीय सइफ उल्लाह छन् । उनीसँगै नेपाली ५१ वर्षीय मनबहादुर थापा र ४० वर्षीय मेघबहादुर थापासमेत पक्राउ परेका छन् । उनीहरूलाई भारतको पानी ट्यांकीको ४१ बटालियनले पक्राउ गरेको हो ।
उनीहरूलाई स्थानीय खरीबारी प्रहरीमार्फत शनिबार स्थानीय अदालतमा लगिएको थियो । उनीहरू चढेको गाडी भारतीय भूभागमा ४०० मिटरभित्र पुगेपछि रोकिएको थियो ।
दार्जिलिङका एसपी प्रवीण प्रकाशले सुरक्षाका कारण उनीहरूलाई अदालतमा पेस गरिएको जनाएका छन् । उनीहरू गाडी मर्मतको लागि भारत छिरेको पाइएको जनाएका छन् ।
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए
मर्मतका सामाग्री नेपालगन्जमै थन्किए, हुम्ला २१ दिनदेखि बिजुलीबिहीन
तिनाउमा बगे ५ घर, कालीगण्डकीले २५ घर लग्यो
प्रहरीले किन उठायो चोलेन्द्र समशेरलाई?
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द