सौर्य एयरको विमान दुर्घटना : जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन


सेतोखरी सेतोखरी   बुधबार, साउन ९, २०८१
सौर्य एयरको विमान दुर्घटना : जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

नेपालगन्ज ९ साउन : सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना भएर १९ जनामध्ये १८ जनाको ज्यान गएपछि सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

यो पनि पढ्नुहोस् सौर्य एयरको विमान दुर्घटना : विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु (नामावलीसहित)

मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । 

यो पनि पढ्नुहोस् ‘धाउनमार्गबाट जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटना भयो’

नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेको उक्त आयोगलाई ४५ दिन म्याद दिइएको छ ।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिषरत्न शाक्य गम्भीर घाइते भएका छन् । 

यो पनि पढ्नुहोस्  ‘मस्तिष्क सुन्निए’को पाइपछि पाइलट शाक्यलाई आइसीयूमा राखेर उपचार गरिदैँ