नेपालगन्ज १० साउन : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–२ रामनगरका एक किशोर गत १८ दिनदेखि बेपत्ता छन् ।
गत असार २३ गते राप्ती नदीमा आएको बाढीका बेला सतिघाटमा छिमेकीसँग दाउरा लिन गएका १५ वर्षीय किशोर रामु केवट घर नफर्किको उनका बुवा रामजियावन केवटले बताए । किशोरका पिता केवटका अनुसार छिमेकी शिव मालीको ट्रयाक्टरमा दाउरा सङ्कलन गर्न गएका किशोर सतिघाटबाट घर फर्किएनन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा बेपत्ता किशोरको खोजीका लागि परिवारले दिएको निवेदनको आधारमा सम्भावित ठाउँमा खोजी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता, डिएसपी नारायण डाँगीले धेरै दिनदेखि खोजी कार्य भइरहे पनि किशोर फेला नपरेका कारण परिवारले गरेको केही आशङ्कातर्फ पनि अनुसन्धान अघि बढाइएको बताए ।
१८ दिनअघि राति ८ बजे दाउरा लिन छिमेकी मालीको ट्याक्टरमा बसेर कम्दी स्थित राप्ती नदीको सतीघाट गएका ती किशोर राति १२ बजे ट्याक्टर फर्किदा सँगै नदेखिएपछि रातभरि खोजी कार्यमा परिवारसहित गाउँलेहरू जुटेका थिए । त्यसबेलादेखि अहिलेसम्म निरन्तर खोजी कार्य भइरहेको छ । तर, रामुको अवस्था बारे कुनै पनि जानकारी प्राप्त नभएको उनका पिता केवटले बताए ।
उनका दुईमध्ये ठुलो छोरा रामु हराएपछि केवट परिवार दुई सातादेखि शोकमा छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र