नेपालगन्ज १० साउन : जिल्ला प्रहरी कार्यालय बर्दियाले पहेँलो धातुको ऐतिहासिक मूर्तिलगायत अटो मोबाइलका विभिन्न पाट पुर्जासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बुधबार बाँसगढी नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्वतर्फ अबैध रुपमा लैजाँदै गरिएका उक्त सामग्रीसहित उनीहरु पक्राउ परेका हुन् ।
बर्दिया प्रहरीका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ लालपुरका २१ वर्षीय सञ्जय राढ र भारत, बहराईच लौकाहीका ४८ वर्षीय जब्बर खाँ रहेका छन् ।
उनीहरु सवार भे १ च १६९७ नम्बरको पिकअफ भ्यान शङ्का लागी चेकजाँच गर्ने क्रममा पहेँलो धातुको मूर्तिसहित अन्य सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुलसीराम अर्यालले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका राढ भ्यानका चालक हुन् भने खाँ सहयोगी हुन् । भ्यानमा १४ पोका भित्र विभिन्न किसिमका मूर्तिसहित अन्य सामान फेला परेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार देवी भगवतीको पहेँलो धातुको जस्तो देखिने मूर्ति, नरसिंह देवको मूर्ति, बायुपंखी गाई जस्तो देखिने मूर्ति, सिंह जस्तो देखिने मूर्ति एक÷एक थान उनीहरुको साथबाट बरामद गरिएको छ ।

यसैगरी पहेँलो धातुको नन्दीको मूर्ति ४ थान र कालो धातुको टुकी ११ थान र भ्यागुता, फुलदानी, करुवा, कलश, पानी पिउने प्याला, पानस, घण्ट र सन्दुक एक÷एक थान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बरामद गरिएका उक्त सामानहरु ऐतिहासिक हुन् । उक्त सामान कसको हो र उनीहरुले कहाँबाट ल्याएर कहाँ लैजादैथिए भन्ने कुरा पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र