नेपालगन्ज १३ साउन : साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार भएकोछ । जसमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेकोछ जनाइएकोछ ।
साइप्रसको लिमाजोलको आइओस क्षेत्रमा दुई नेपाली युवकमाथि छुरा प्रहार भएको हो । उनीहरूमध्ये एकजना ३३ वर्षीय र अर्का २५ वर्षीय नेपाली युवक भएको जनाइएको छ ।
उनीहरू आईतबार (आज) बिहान घाइते अवस्थामा फेला परेका हुन् । स्थानीय सिटी सीआईडीले घटनाको अध्ययन गरिरहेको छ ।
घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । लिमाजोल जनरल अस्पतालको इन्टेन्सिभ केयर युनिटमा उनको उपचार भइरहेको छ ।
आक्रमणकारीको पहिचान हुन नसकेको र अधिकारीहरूले प्रमाण खोजिरहेका जनाइएको छ । घाइतेमाथि काँधमा छुरा प्रहार गरिएको पाइएको छ ।
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल