टेक्सस(अमेरिका) १४ साउन : अमेरिकामा गोली हानेर एक नेपालीको हत्या भएकोछ ।
अमेरिकाको टेक्सस राज्यमा ती नेपालीको गोली हानेर हत्या भएको हो । मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक ओली भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
ओली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्थे । यस घटनाबारे छानबिन गरिरहेको प्रहरीले बताएको छ ।
यो घटना सोमबार बिहान ५ः२० बजेतिरको भएको बताइएको छ । घटनाको समयमा बन्दुक बोकेर दुई पुरुष ग्यास स्टेसनमा आएको सीसीटीभी फुटेजले देखाएको छ । त्यतिबेला अली काउन्टरमा उभिरहेका थिए ।
उनी भाग्न खोजेपनि गोलीबाट भने बच्न नसकेको प्रहरीले बताएका छन् । ओलीको परिवारलाई यो घटनाबारे जानकारी गराइएको प्रहरीले बताएका छन् । ओलीकी एक श्रीमती र ५ वर्षकी छोरी रहेको बताइएको छ ।
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो