नेपालगन्ज १४ साउन : नेपाल प्रहरीका चिफ (आइजी) वसन्त बहादुर कुँवरविरुद्ध नेपाल प्रहरीकै पूर्व प्रहरी उपरीक्षक (एसपी) (अवकाशप्राप्त) आभूषण तिम्सिनाले फायर खोलेका छन् ।
बेलाबखत प्रहरी, प्रहरीका प्रमुख र प्रहरी तथा गृहका समेत बेथितिबारे चर्को आलोचना गर्दै आएका तिम्सिनाले पुनः एकपटक आइजीविरुद्ध फायर खोलेका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वर्तमान आइजीलाई निकै कमजोर र लाचार छेपारोको संज्ञा दिएका छन् । यस्तै उनले विभिन्न समयका पूर्व आइजी र प्रहरीभित्र मूल्याकंन नहुने समस्या पनि उजागर गरेका छन् ।

यस्तै अहिले निकै चर्चामा रहेको डिआइजी डा. मनोज केसीको प्रकरणमा पनि उनले सुक्ष्म टिप्पणी गरेका छन् । तिम्सिना उनै पूर्व प्रहरी हुन्, जसले बढुवाका लागि चाकडी नगर्ने भन्दै एसपीबाटै जागिर त्यागेका थिए । -महेन्द्रनगरपोष्टबाट
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?