सबैभन्दा बढी नेपालगन्ज, सबैभन्दा कम नरैनापुर
नेपालगन्ज १४ साउन : बाँकेमा सामाजिक सुरक्षा भत्तामा एक अर्ब ८० लाख बढि खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय, बाँकेले जनाएकोछ ।
गत आर्थिक वर्ष २०८०–०८१ मा बाँके जिल्लाका ८ वटा पालिकामा वितरण गरिएको सामाजिक सुरक्षा भत्ताको यो कुल रकम हो ।
बाँके जिल्लाका ८ स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि एक अर्ब ८० करोड १३ लाख ३१ हजार ३१३ रुपैयाँ बजेट आएको थियो ।
सो मध्ये एक अर्ब ८० करोड ७ लाख ३५ हजार ५१६ रुपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख मोहनशरण भण्डारीले जानकारी दिए ।
उनले भत्ताको करिब सबै रकम निकासा भएको जनाउँदै सरकारले वर्षेनी बाँकेमा सामाजिक सुरक्षा भत्ताका लागि एक अर्ब ८० लाख भन्दा बढी खर्च गर्दै आएको बताए ।
बाँकेमा सबै भन्दा बढी सामाजिक सुरक्षा भत्ता नेपालगन्ज उपमहानगरपालिकाले वितरण गर्दै आएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेको तथ्यांकले देखाएकोछ । भने सबैभन्दा कम नरैनापुर गाउँपालिकाले भत्त वितरण गरिरहेकोछ ।
नेपालगन्ज उपमहानगरपालिकामा गत आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि ४३ करोड १० लाख २४ हजार ८१ रुपैयाँ निकासा भएको थियो ।
जिल्लामा सबैभन्दा कम सामाजिक सुरक्षा भत्ता नरैनापुर गाउँपालिकाले वितरण गर्ने गरेकोछ । नरैनापुर गाउँपालिकाले गत आर्थिक वर्षमा १२ करोड ४६ लाख १६ हजार ९६० रुपयाँ वितरण गरेको हो ।
यस्तै बाँकेको कोहलपुर नगरपालिकामा २५ करोड ५ लाख ६४ हजार ९०८, खजुरा गाउँपालिकामा २३ करोड ६६ लाख ९५ हजार ८५८ रुपैयाँ सामाजिक सुरक्षा भत्ताका लागि निकासा भएको थियो ।
त्यस्तै, जानकी गाउँपालिकामा १५ करोड ४४ लाख ४४ हजार ४४२ रुपैयाँ, डुडुवा गाउँपालिकामा १४ करोड ९७ लाख ५७ हजार १८४ रुपैयाँ निकासा भएको कार्यालयले जनाएको छ ।
यसैगरी गत आर्थिक वर्षमा बैजनाथ गाउँपालिकामा २४ करोड पाँच हजार ५४३ रुपैयाँ र राप्तीसोनारी गाउँपालिकामा २१ करोड ३६ लाख २६ हजार ५३८ रुपैयाँ निकासा भएको थियो ।
बैजनाथ गाउँपालिका जनसंख्यामा देशकै सबैभन्दा ठूलो पालिका हो ।
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल