५० प्रकारका सामान आयात हुँदा १७ प्रकारका सामाग्री निर्यात
नेपालगन्ज १७ साउन : नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०–८१ मा ३२ देशसँग साढे ७२ अर्ब बढिको दैदेशिक व्यापार भएकोछ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार नेपालगन्ज नाकाबाट गत आवमा ७२ अर्ब ६३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको हो ।
सो अवधिमा राजस्व सङ्कलन लक्ष्य अनुसार हुन नसके पनि ३.४६ प्रतिशतले वैदेशिक व्यापार वृद्धि भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएकोछ ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले अघिल्लो आव २०७९–८० को तुलनामा गत आव २०८०–८१ मा नेपालगन्ज नाकाबाट दुई अर्ब ४२ करोड ९५ लाख ६० हजार रुपैयाँको वैदेशिक व्यापार बढी भएको बताए ।
उनले यो नाकाबाट अघिल्लो आवमा ७० अर्ब २० करोड ५४ लाख २७ हजार रुपैयाँको वैदेशिक व्यापार भएकोमा गत आवमा ३.४६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ६३ करोड ४९ लाख ८८ हजार रुपैयाँको वैदेशिक व्यापार भएको जानकारी दिए ।
नेपालगन्ज नाकाबाट हुने वैदेशिक व्यापारको अधिकांश हिस्सा भारतले ओगटेको जनाउँदै सूचना अधिकारी लम्सालले अन्य ३२ देशसँग पनि व्यापार भएको बताए ।
भन्सार कार्यालयका अनुसार गत आवको वैदेशिक व्यापारमा ७० अर्ब २१ करोड ४९ लाख चार हजारको आयात र दुई अर्ब ४१ करोड ९० लाख ८४ हजारको निर्यात भएको छ ।
नेपालले यी देशबाट सामान आयात गर्छ
नेपालगन्ज नाकाबाट भारत, बेलायत, मलेसिया, चाइना, अमेरिका, युरोपियन युनियन, स्विट्जरल्यान्ड, कोरिया, जापान, भियतनाम, बेल्जियम, इन्डोनेसिया, इटाली, दक्षिण अफ्रिका, टर्की, थाइल्यान्ड, ताइवान, दुबई, ओमान, कतार, साउदी अरेबिया, सिङ्गापुरसहित ३१ देशबाट सामान आयात भएको छ । यीमध्ये भारत, युनाइटेड अरब इमिरेट्स र म्यानमारसँग मात्रै निर्यात व्यापार भएको भन्सार कार्यालयका सूचना अधिकारी लम्सालले बताए।
५० प्रकारका सामान आयात हुँदा १७ प्रकारका सामाग्री निर्यात
भन्सार कार्यालय नेपालगन्जका अनुसार यो नाका हुँदै भारतलगायतका देशबाट इन्धन, खाद्यान्न, मेसिनरीसहित ५० प्रकारका सामग्री आयात हुने गरेको छ भने यहाँबाट जडीबुटी, प्लाइउडसहित १७ प्रकारका सामग्री निर्यात हुँदै आएको छ ।
भारत, म्यानमार र युनाइटेड अरब इमिरेट्समा जडीबुटी निकासी हुने गरेको जडीबुटी व्यवसायी सङ्घले जनाएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माले नाकामा निकासी प्रक्रियालाई अझै सहज र सरल बनाउने हो भने धेरै ठुलो परिमाणमा जडीबुटी निर्यात गर्न सकिने बताए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?