कुटाईखाने जासुसहरुको काण्डैकाण्ड
नेपालगन्ज २२ साउन : कार्यालय प्रमुख ओम खड्का नेतृत्वको जासुसी टोलीबाट बाँकेका स्थानीयदेखि प्रहरीसम्म हैरान छन् । सूचना ल्याउन खटिनुपर्ने सूचकलाई उनले पैसा उठाउनमा परिचालन गरेका छन् । खड्काका विश्वासिलो पात्र हवल्दार गोविन्दजंग शाहले सुलीका लागि टोली नै बनाएका छन् । उनका पनि परिचालक बुद्धिप्रसाद शर्मा र उदय अधिकारीले व्यापारीलाई धम्क्याएर पैसा झार्ने गरेको आरोप छ ।
उनीहरूले आरा मिल, इँटाभट्टाबाट मासिक असुली गर्छन् । करिब तीन महिनाअगाडि भारतीय टोलीबाट मोटो रकम लिएर ‘डिजिटल करेन्सी विथ ड्र’ नामक क्रिप्टोकरेन्सीको कारोबार गर्ने कम्पनीलाई छोडिदिएको बुझिएको छ । कोहलपुरको चौराहास्थित लाहुरे रेष्टुरेण्टमा सेटिङ्ग मिलाएका उनीहरु क्रसर उद्योगका सञ्चालकलाई तर्साएर पैसा उठाउने धन्दामा समेत संलग्न छन् । ‘हामी विभागका प्रमुख हुतराज थापा र पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको मान्छे’ भन्दै खुलेआम पैसा माग्छन् । दिन नमान्नेलाई मरणासन्न हुनेगरी पिट्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका तत्कालीन प्रमुख सुवास बोहोराले गोविन्दलाई निकै साथ दिन्थे । प्रहरी नै असुलीकर्ताको पक्षमा भएकाले पीडितहरूको आवाज सुनिदिने कोही भएन । खुलेआम तस्करसँग हिँड्ने गोविन्दका दाजु नाता पर्ने सतिशजंग शाह पनि गैरकानुनी क्रियाकलापमा संलग्न छन् । यातायात व्यवस्था कार्यालय, नेपालगञ्जको छैंठौ तहमा कार्यरत उनले गोविन्दसँग मिलेर कोहलपुरस्थित ट्रायल सेन्टरबाट मासिक उठाउने गरेका छन् ।
तस्करहरू लिएर गोविन्द कहिले कार्यालय प्रमुखको निवासमा पुग्छन् त कहिले होटलमा । उनको पहुँच यातायातदेखि मालपोत र नापीको उच्च तहसम्म छ । विवादित जग्गा मिलाएर पैसा असुल्ने धन्दा लामो समयदेखि चलिरहेको छ । कर्मचारीसँगको मिलिभगतमा लाभकर पनि छुट गराउँछन् । हुण्डी कारोबारमा पनि नाम मुछिएको छ । नेपालगञ्ज निवासी एक सरदारलाई हुण्डीको कारोबार गर्न सहयोग पु¥याउँदै आएका छन् ।
‘अपराध’ हेरेर सूचक
चोरी, तस्करीसम्बन्धी सूचना आउनेबित्तिकै कार्यालय प्रमुखले गोविन्दलाई जानकारी गराउँछन् भने गोविन्दले ‘अपराध’ हेरेर सूचक खटाउँछन् । कुनै तस्करीमा अर्जुन खड्का त कुनैमा तिलक खत्रीलाई परिचालन गरिन्छ । गोविन्दले दुई वर्षअगाडि तस्करहरूले ल्याएको दुई किलो सुन नेपालगञ्जस्थित बसपार्कको एउटा होटलबाट लुटेका थिए । उनले कोहलपुर नगरपालिका– ११ स्थित सिद्धार्थ ज्वेलर्सका सञ्चालक देवेन्द्र सुनारसँग मिलेर काम गर्छन् । प्रहरी जवानको शारीरिक परीक्षणमा छनौट गराइदिने प्रलोभन देखाएर युवाहरूबाट रकम बटुल्छन् । अख्तियारको नेपालगञ्ज कार्यालयमा परेको उजुरी पनि मिलाइदिने भन्दै लाभ लिने गरेको बताइन्छ ।
प्रमुखलाई भिनाजु, आफूलाई असई
हवल्दार पदमा रहेका गोविन्दले आफूलाई असई भनेर चिनाउँदै आएका छन् । जाजरकोटको खलंगा घर भएका गोविन्दले काजमा खटिएको चार वर्षमा करोडौंको सम्पत्ति जोडेका छन् । ऐलानी जग्गामा बसोबास गर्दै आएका उनको घर २०७२ सालको भूकम्पले भत्किएपछि नेपालगञ्जमै भव्य घर बनाएका र महङ्गो गाडी किनेका हुन् ।
रक्ताम्मे हुनेगरी पिटाई
केही दिनअघि सूचक अर्जुनले नेपालगञ्ज उपमहानगरपालिका–११ जमुनाहा नाकामा कुटाइ खाएका थिए । प्रहरीकै सामुन्ने अर्जुनले रामधुलाई भेटेका उनको टाउकोमा ११ वटा टाँका लगाउनुपरेको थियो । अर्जुनलाई त्यहाँ पठाएका थिए उनकै हाकीम एसपी ओम खड्काले । पैसाको बोर्गेनिङ कुरा नमिलेपछि अर्जुनले कुटाइ खाएको हो । कुट्नेहरुले नै बताएकाछन् । प्रहरीले भने यसविषयमा अनुसन्धान जारी रहेको बताएको छ । अर्जुन र तिलकले मासिक दुई लाख गोविन्दलाई बुझाउने गरेका छन् । भन्सारमा खटाएबापतको शुल्क हो त्यो ।
पत्रिकाको नाममा असुलीधन्दा
सुरक्षा राष्ट्रिय दैनिकको शेयर होल्डरसमेत रहेका सूचक उदय दुई महिनाअगाडि शेयर होल्डर दीपक शाही र जुहारीलाल चौलागाईंसँग विवाद परेपछि अलग्गिएका छन् । तैपनि उनले पत्रकार दिनेशराज उपाध्यायको नाम लिएर आफ्नो क्रियाकलापलाई गति दिइरहेका छन् ।
बाहिर उठाउने, भित्रको पनि नछोड्ने
कार्यालय प्रमुख खड्का, गोविन्द, अर्जुन, तिलक, उदय र बुद्धिबाहेक अन्य कुनै सूचकले सेवासुविधा पाएका छैनन् । बाहिरबाट मासिक करोडौं असुल्ने उनीहरूले सूचकमाथि पनि शोषण गर्दै आएको बताइन्छ । यता, पैसा लिएर बढुवा गरिँदै आएको कुरा पनि छताछुल्ल भएको छ । २०७५ सालमा हवल्दार विजयराज विष्ट र महेश खड्काले पैसा दिएर बढुवा पाएका छन् । विजयराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुसन्धान सहायक छन् । महेश एसपी बासु सिग्देलको घरमा परिचालकको काम गर्छन् । -जनआस्था साप्ताहिकबाट
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
२७ मिनेट अगाडि
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
१४ घण्टा अगाडि
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर
अनुसन्धान हुनुपर्ने गगन थाप कि कुमार बेनमाथि?
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते