नेपालगन्ज २३ साउन : काभा वुमन्स नेसन्स लिग–२०२४ को उपाधिमा नेपालको सकसपूर्ण हार भएको । दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल पुनः भारतसँग हार्दै उपाधिबाट वञ्चित भएको हो ।
भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हराएको छ । भारतले दोस्रो, चौथो र पाँचौं सेट जित्दै उपाधि हात पारेको हो ।
यो पनि पढ्नुहोस् काभा वुमन्स नेसन्स लिग : उपाधिका लागि नेपाल भारतसँग भिड्दै
पहिलो सेटको सुरुवातमा अग्रता बनाएको नेपालले त्यो सुरुवाती अग्रता जोगाउन सकेन । ३–० को अग्रताबाट भारतले लगातार ४ अंक जोडेपछि नेपालका प्रशिक्षक जगदिश भट्टले पहिलो टाइमआउट लिए ।
त्यसपछि भारतले २२–१९ को अवस्थामा अग्रता बनायो । त्यसपछि नेपालले लगातार अग्रता बनाउँदै पहिलो सेट २५–२३ ले जित्यो । दोस्रो सेटको सुरुवातमा भारत ६–४ ले अग्रता बनायो । त्यसपछि १०–५ ले नेपाल पछि प¥यो । नेपालले दोस्रो सेटमा ३ वटा सर्भिसमा अंक सुम्पियो ।
प्रदर्शनको आधारमा पनि दोस्रो सेट नेपालले निकै कमजोर खेल्यो । २४–११ मा भारतले अग्रता बनाउँदा नेपालले लगातार ३ अंक जोड्यो । तर, पनि नेपाल भारतभन्दा १० अंक पछाडि भयो । दोस्रो सेट नेपालले २५–१४ ले गुमायो ।
तेस्रो सेटको पनि सुरुवातमा नेपालले लगातार ३ अंक जोड्यो । भारतले ५ मा आएर बराबरमा ल्यायो । नेपालले १७–१२ को अग्रता लियो । २०–१५ मा नेपालले अग्रता लियो । तेस्रो सेट नेपालले २५–२२ले जित हात पा¥यो ।
चौथो सेटमा भारतले लगातार २ वटा सर्भिसमा गल्ती गर्दा नेपालले २ अंक ल्यायो । भारत ११–८ ले अग्रता लियो । नेपालले भारतलाई पछ्याउँदै १७–१५ को अवस्थामा खेल ल्यायो । तर, सेट भने २५–२१ ले भारतले जित्यो । यो सँगै खेल पाँचौं सेटमा लम्बिएको हो ।
पाँचौं सेटमा नेपाल ८–२ ले पछि प¥यो । कोर्ट परिवर्तन गरेपछि भारतले पाँचौं सेट १५–५ मा जित्दै उपाधि जितेको हो । भारतले यसअघि २०१९ को दक्षिण एसियाली खेलकुद र २०२३ को काभा वुमन्स च्यालेन्ज कपको उपाधि हात पार्दा नेपाललाई नै जितेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी