नेपालगन्ज २४ साउन : नेपालगन्ज राझाँ विमानस्थलबाट स्रोत नखुलेको २४ लाख नगदसहित ५ जना भारतीय नागरिक पक्राउ परेकाछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले स्रोत नखुलेको २४ लाख नगद रकम सहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
नेपालगन्जदेखि काठमाडौं उड्नका लागि तयारी अवस्थामा रहेका ती ५ जना भारतीय नागरिकलाई नेपालगन्ज उपमहानगरपालिका– २० राँझा विमानस्थल परिसरबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीद्वारा पक्राउ पर्नेमा, भारत, जिल्ला सितापुर थाना कोतवाली उत्तर प्रदेश बस्ने ४४ वर्षका प्रकाश नारायण गुप्ता, सोही ठाउँका वर्ष ४३ को अजय मिश्रा, वर्ष ४५ को आषिश गुप्ता, वर्ष ३९ को पंकज जैसवाल र वर्ष ४६ का बिमल गुप्ता रहेका छन् ।
विमानस्थलमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा २४ लाख स्रोत नखुलेको रकम फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक एव प्रवक्ता नारायण डाँगीले जानकारी दिए । प्रहरीले बरामद गरेको उक्त रकम हुण्डी कारोबरको भएको हुनसक्ने बताएकोछ ।
पक्राउ परेकाहरुलाई हुण्डी कारोबार सम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र