नेपालगन्ज २५ साउन : माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा चिट चोराउन खोज्ने दुई जना पक्राउ परेकाछन् ।
बाँकेको कोहलपुर नगरपालिकामा–१४ मा रहेको राम माविबाट चिट चोराउन खोज्ने दुई जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकोछ ।
पक्राउ पर्नेमा कोहलपुर– ११ का साईमल कार्की र १२ का अर्जुन थारु रहेका छन् । माध्यामिक शिक्षा परीक्षा (एसईई) मा नियमित परीक्षार्थीको पुरक (ग्रेड बृद्धि) को परीक्षा २३ गतेबाट सञ्चालन भइरहेको छ ।
आज गणित विषयको परीक्षा थियो । गणित विषयको परीक्षा सञ्चालन भइरहेको बेला विद्यालयको पछाडीबाट चिट चोराउन खोज्नेलाई प्रहरीले पक्राउ गरेको राम माविका प्रअ तथा सुपरीटेन्डेन्ट जितेन्द्र यादवले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार चिट चोराउन खोज्नेलाई नियन्त्रणमा लिईएको र उनीहरुलाई परीक्षाको सुपरीटेन्डेन्टले कारबाहीको लागि निवेदन दिएपछि कारबाही हुने जानकारी दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र