कैलाली २७ साउन : कैलालीको बर्दगोरिया गाउँपालिका–१, उत्तरमुडामा आईतबार चट्याङ पर्दा १० जना घाइते भएका छन् ।
घाइते हुनेमा सोही ठाउँका फिरियादेवी चौधरी, रीतादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा, पार्वती चौधरी, फूलकुमारी चौधरी, निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३, ढुसरका ममता थारु रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।
उनका अनुसार, स्थानीय भीमबहादुर चौधरीको घरमा मृत्यु भएका एक व्यक्तिको १३ दिने पुण्यतिथिमा स्थानीय जमघट भई खाना पकाइरहेको अवस्थामा चट्याङ परेको थियो ।
बौनियास्थित बर्दगोरिया अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । -रासस
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?
खुल्यो कृष्णभीर