अष्ट्रेलिया २८ साउन : अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।
हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हेलिकप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो ।
होटलका ८० र ७० वर्षका दुई जना पाहुनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था सामान्य छ ।
प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । हेलिकप्टरलाई भाडामा लगाएको एक कम्पनीका अनुसार यो उडान अनधिकृत थियो ।
प्रत्यक्षदर्शीका अनुसार पानी परिरहेका बेला हेलिकप्टर बत्ती नबाली निकै तलबाट आएको थियो र होटलको छतमा ठोक्किएको थियो । त्यसपछि हेलिकप्टरका दुईवटा पंखा भाँचिएर स्विमिङ पुलमा खसेको थियो ।
स्थानीयका अनुसार हेलिकप्टर ठोक्किएपछि बम पड्किएको जस्तो ठूलो आवाज आएको थियो ।
नेपालगञ्जबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
सरकारले भन्योस् चोलेन्द्रलाई रेस्क्यू गरिएको हो, रवी-प्रचण्डका पछि कुनै सुराकी छैनन्
केसीले उम्मेदवारी फिर्ता लिए, बाँके क्षेत्र नं १ मा निर्विरोध भए पूर्ण
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू