नेपालगन्ज ३२ साउन : डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा शुक्रबार (आज) बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
धनगढीबाट दिपायलतर्फ गइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस बिहान झिसमिसेमै (करीब ४ बजे) दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रशारण केन्द्र नजिकै दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईका अनुसार बस दुर्घटनामा ७ जना सामान्य, ९ जना मध्यम र १ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको हाल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब सय मिटर तल खसेको थियो ।
प्रहरीका अनुसार सडकबाट हुत्तिएको बस एउटा घरमा बजारिँदै दुर्घटनाग्रस्त भएको हो । बस घरमाथि बजारिँदा घरभित्र सुतिरहेकी एक महिला पनि घाइते भएकी छन् । प्रहरीका अनुसार दिपायल सिलगढी–४ रेडियो नेपाल बस्ने अर्जुन ठोकरकी श्रीमती ५० वर्षीया सरु नेगी ठोकर घाइते भएकी हुन् ।
उनीहरू सुतिरहेका बेला बस बजारिएर घर भत्किँदा नेगी च्यापिएकी थिइन् । उनका दुवै खुट्टा र छातीमा चोट लागेको छ । सुजङ अस्पताल राजपुरमा उपचाररत उनको अवस्था मध्यम छ ।
एकतले कच्ची टिनले छाएको भान्सामा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । बस त्यहाँबाट पनि बल्ड्याङ खाएर तल खसेको थियो । स्थानीय लक्ष्मण बोगटीको पक्की घरको छत र एक तले कच्ची टिनले छाएको भान्सामा पनि क्षति पुगेको छ ।
दुर्घटनाको कारण खुलेको छैन । चालक, बस साहुसहित बसमा सवार १६ जना घाइते भएका छन् ।
यस्तो छ १६ घाइतेको नामावली र अवस्था
१. डडेल्धुरा गन्यापधुरा गा.पा. वडा नं. २ रिठा बस्ने वर्ष २३ की सविता देउवा कानमा चोट, अवस्था सामान्य ।
२. डोटी सायल गा.पा. वडा नं. ४ बस्ने वर्ष २४ को इन्द्र बोगटी टाउकोमा चोट, अवस्था मध्यम ।
३. डोटी सायल गा.पा. वडा नं. ७ गौरीगाउँ बस्ने वर्ष ८२ को तेजबहादुर सिंह, टाउकोमा चोट, अवस्था सामान्य ।
४. डोटी आदर्श गा.पा. वडा नं. ४ बस्ने वर्ष ३० का कृष्ण विष्ट, ढाड र टाउकोमा चोट, अवस्था मध्यम ।
५. डोटी आदर्श गा.पा. वडा नं. ४ वर्ष ३८ का सन्तोष बोहरा, कम्मर र हातमा चोट, अवस्था मध्यम ।
६. डोटी शिखर न.पा. १० वान्डुङग्रीसैन बस्ने वर्ष ३५ का भरत रावत ढाड, दाँया खुट्टामा चोट, अवस्था मध्यम । (चालक)
७. डोटी दिपायल सिलगढी न.पा. वडा नं. १ तिखा बस्ने वर्ष ४० की डम्मरी देवी खड्का खुट्टा, टाउको र कम्मरमा चोट ।
८. डोटी दिपायल सिलगढी वडा नं. ४ राजपुर बस्ने वर्ष ३ का दिलबहादुर नेपाली, कम्मरमा चोट ।
९. डोटी सायल गा.पा. वडा नं. ४ डौड बस्ने वर्ष ६५ का हर्कबहादुर सिंह, ढाड र दाँया खुट्टामा चोट, अवस्था मध्यम ।
१०. डोटी के.आई.सिंह गा.पा. वडा नं. २ डुम्राकोट बस्ने वर्ष ४२ का कमल विक्रम शाही (बस साहु), दाँया खुट्टा, टाउको छाती र दायाँ हातमा चोट, अवस्था मध्यम ।
११. डोटी दिपायल सिलगढी न.पा. वडा नं. ६ बस्ने वर्ष २९ का भेषराज धामी टाउको हातमा चोट ।
१२. डोटी आदर्श गा.पा. वडा नं. १ बस्ने वर्ष २३ का प्रकाश खड्का, टाउकोमा चोट, अवस्था मध्यम ।
१३. डोटी पूर्वीचौकी गा.पा. वडा नं. ७ टिमुरदह बस्ने वर्ष २१ का हिक्मत विक, हात, खुट्टा, मुखमा चोट, अवस्था मध्यम ।
१४. डोटी बोगटान फुड्सिल गा.पा. वडा नं.६ पलाडी बस्ने वर्ष ३५ का देवबहादुर बोगटी, हात, खुट्टा र टाउकोमा चोट, अवस्था मध्यम ।
१५. डोटी सायल गा.पा. वडा नं. ४ वर्ष ५६ का लालवीरे भुल, टाउको, हात, ढाड र खुट्टामा चोट, अवस्था मध्यम ।
१६. डोटी सायल गा.पा. वडा नं. २ बस्ने वर्ष ४० का दल बहादुर बयाडी, कम्मर र खुट्टामा चोट, अवस्था ।
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं