नेपालगन्ज २ भदौ : एयर एसियाले हप्तामा ४ दिन काठमाडौंबाट बैंकक उडान भर्ने भएको छ।
पाँच वर्षपछि काठमाडौंबाट उडान सुरु गर्न लागेको एयर एसियाले साताको ४ दिन (सोमबार, बुधबार, शुक्रबार र आईतबार) बैंककको डन मुइङमा उडान भर्ने भएको हो । उडान अक्टोबर २ देखि सुरु हुनेछ ।
एयर एसियाले काठमाडौंदेखि बैंकक उडानको टिकट दर ९ हजार ९९० रुपैयाँ कायम गरेको छ । यो मूल्य प्रोमोसनल अफर अन्तर्गत हो । यो अफर सन् २०२४ अक्टोबर २ देखि सन् २०२५ को मार्च २८ सम्म यात्रा गर्नेका लागि मात्र लागू हुनेछ । त्यसका लागि अगष्ट १२ देखि अगष्ट २५ सम्म टिकट बुक गरिसक्नुपर्नेछ ।
बैंकक नेपालीहरु यात्रा गर्ने मुख्य ‘डेस्टिनेसन’मा पर्ने भएकोले यो अफरले उनीहरुलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ ।
यो प्रोमोसनल अफर एयरएसिया मुभ एप र एयर एसियाको पार्टनर युनिभर्सल टुर एण्ड ट्राभल्सबाट टिकट बुक गरेर प्राप्त गर्न सकिनेछ । यस्तै, नजिकैको एयर एसिया एजेन्सीमा गएर पनि टिकट बुक गर्न सकिन्छ ।
यो रुटमा साधारण टिकटको मूल्य हाल करिब २४ हजार रुपैयाँदेखि सुरु हुन्छ ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा