नेपालगन्ज ७ भदौ : भारतीय राज्य उत्तराखण्डमा गएको पहिरोमा परेर चार जना नेपालीहरूको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सबै नेपाली मजदुरहरू हुन् । उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित केदारनाथ जाने सडकमा गएको पहिरोमा परेर उनीहरूको ज्यान गएको हो ।
भारी वर्षको कारण बिहीबार राती करिब साढे १ बजे पहिरो खसेको थियो । सोही पहिरोमा मजदुर पुरिएको सूचना पाएपछि भारतीय प्रहरी उद्धारका लागि पुगेको थियो । त्यहाँ चार नेपालीको शव भेटिएको नवभारत टाइम्सले जनाएको छ ।
पहिरोमा परि मृत्यु हुनेहरूको सनाखत भइसकेको छ । चारमध्ये तीनजना चितवनका रहेको पाइएको छ । यस्तै एकजना दैलेखका रहेका छन् ।
मृत्यु हुनेमा चितवनका तुलबहादुर, पूर्ण नेपाली र कृष्ण परियार तथा दैलेखका चिकु बुढा रहेको समाचारहरूमा जनाइएको छ ।
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो