नेपालगन्ज ७ भदौ : अमेरिकाको मानसास पार्कबाट बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेलाई श्रीमानले नै हत्या गरेर शव लुकाएको प्रहरीले अभियोग लगाएको छ ।
बिहीबार स्थानीय प्रहरीले घरमा खानतलासी गरेर ममताका श्रीमान नरेश भट्टलाई पक्राउ गरेको थियो । भट्टले नै श्रीमतीको हत्या गरेर शव लुकाएको प्रहरीले औपचारिक अभियोग लगाएको स्थानीय संचारमाध्यले बताएका छन् ।
ममता बेपत्ता भएको दुई हप्तापछि उनका श्रीमानलाई पक्राउ गरिएको हो । दुई हप्ता भन्दा बढी समयदेखि ममता बेपत्ता छिन् । अमेरिकी प्रहरीले उनको खोजी जारी राखेपनि अझै पत्ता लगाउन सकेको छैन ।
श्रीमान नरेशले उनी बेपत्ता भएको केही दिनपछि मात्रै प्रहरीलाई खबर गरेको जनाइएको छ । अमेरिकाको मनसासमा बस्ने २७ वर्षीया ममता २७ अगस्टेदेखि सम्पर्कबिहिन छिन् ।
कमनवेल्थ न्यायाधिवक्ताको कार्यालयसँगको परामर्शपछि गुप्तचरहरुले थप अनुसन्धानका लागि भट्टलाई पक्राउ गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुकी एक वर्षीया छोरी छिन् । जसलाई सामाजिक सेवा विभाग र मनसास प्रहरीले अनुमति दिएको एक स्याहारकेन्द्रमा पठाइएको बताइएको छ । उनलाई शुक्रबार बिहान अदालतमा उपस्थित गराइनेछ ।
ममता अन्तिम पटक साउन १६ गते मनसास पार्कमा देखिएकी थिइन् । उनी सम्पर्कविहिन भएको केही दिनसम्म श्रीमान् नरेशले खोजीका लागि चासो देखाएनन् । आफन्त र साथीभाइको सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले सोधपुछ गरेपछि मात्रै उनले खोजिका लागि निवेदन दिएको बताइएको छ ।
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल