नेपालगन्ज ९ भदौ : छिमेकी देश भारतको बिहार राज्यमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा परेको छ ।
विहारस्थित समस्तीपुर जिल्लामा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएकाछन् । भने बच्चासहित ८ यात्रुको अवस्था गम्भीर रहेकोछ ।
आईतबार बिहारको समस्तीपुर मुसरीघरारी चौराहा नजिक उक्त बसलाई तीव्र गतिमा दौडिरहेको ट्रकले पछाडिको टायरमा धक्का मारेपछि बस दुर्घटना परेको भनिएको छ । दुर्घटनामा बसको एक्सल टुटेको छ । जसमा अनियन्त्रित हुँदा बस सडकमै पल्टिएको हो ।
घाइतेहरूको सदर अस्पताल र मुसरीघरारीको एक निजी क्लिनिकमा उपचार भइरहेको बताइएको छ ।
देवघर गइरहेको बस गएराति दुर्घटनामा परेको हो । बच्चा समेत ८ यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ । बसमा करिब ४३ यात्रु रहेका थिए । स्थानीय र प्रहरीको मद्दतमा उनीहरुको उद्धार गरी अस्पताल लगिएको छ ।
मुसरीघरारी चोकनजिकै राष्ट्रिय उच्चपथ २८ मा बस पल्टिएको थियो । बसमा सवार सबै यात्रुहरू नेपालको बारा जिल्लाका रहेको बुझिएको छ ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?