ब्राजिलको साओपाउलो शहर।
नेपालगन्ज ११ भदौ : अवैध रुपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् ।
ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका हुन् । सबै सकुशल रहेको र आवश्यक मानवीय सहायता पु¥याउने दूतावासले जनाएको छ ।
ब्राजिलस्थित नेपाली दूतावासले साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएको जनाएको छ ।
मंगलबार दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिक सकुशल छन् र आवश्यकता अनुसार उनीहरूलाई मानवीय सहायता पु¥याउन दूतावास तयारी अवस्थामा छ ।,’
मानव तस्करहरुको समूहले अवैध रुपमा अमेरिका प्रवेश गराउने भन्दै ब्राजिल लगायतका दक्षिण अमेरिकी देशहरु पु¥याउने गरेका छन् ।
पछिल्लो समय ब्राजिलले नेपाल लगायतका केही देशका राहदानी बाहकलाई प्रवेशाज्ञा लिएको भए मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ ।
अब नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, त्यसरी नगएमा विमानस्थलबाट फर्काउनेछ । ‘विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइसकेको छ’, नेपाली दूतावासले भनेको छ ।
साथै दूतावासले जायज कारण भए पुष्टि हुने कागजात र प्रवेशाज्ञा पठाएर मात्र ब्राजिल आउन वा ब्राजिल भएर अरु अरु देशको भ्रमणमा जान अनुरोध समेत गरेको छ ।
दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैधरूपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो क्रममा रहेको दूतावासले जनाएको छ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्