नेपालगन्ज १४ भदौ : बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–९, कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरीको मृत्यु भएको हो ।
बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गए राति नहरको किनारमा चप्पल फेला परेको थियो । आज बिहान बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ बारबर्दिया–९, धोविनपुर भन्ने ठाउँमा बालिकाको शव फेला परेको बताइएको छ ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्