नेपालगन्ज १५ भदौ : नेपाल प्रेस युनियन बाँकेले तीज अवसरमा महिला पत्रकारहरुलाई लेखनवृत्ति पुरस्कार वितरण गरेको छ । महिला पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको महिला पत्रकार लेखनवृत्ति प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको हो ।
महिला पत्रकार लेखनवृत्ति प्रतियोगितामा सरला सुवेदी प्रथम, सावित्रा विश्वकर्मा दोस्रो र आरती कट्टेल तेस्रो भइन । सावित्री र आरती युनियन बाँकेको कार्यसमिति सदस्य हुन भने सुवेदी प्रेस चौतारी लुम्बिनी प्रदेश कार्यसमिति सदस्य हुन् ।
यसैगरी पत्रकार बिमला चौधरी, ममता थापा, साहिदा बानो र सिवानी विकले सान्त्वना पुरस्कार प्राप्त गरे । लेखनवृत्ती प्रतियोगितामा प्रथम हुने सरलाले ५ हजार रुपैयाँ, दोस्रो साबित्राले ३ हजार, तेस्रो हुने २ हजार र सान्त्वना पुरस्कार स्वरुप सबैलाई जनही एक हजार रुपैयाँ प्रदान गरिएको थियो ।
महिलाहरुको महान पर्व तीजसँग सम्बन्धित विषयवस्तु केन्द्रित भएर फिचर स्टोरी र लेखहरु तयारी गरिएको थियो ।
महिला पत्रकार लेखनवृत्ति प्रतियोगिताको निर्णायकको रुपमा नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतमको संयोजकत्वमा पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाह र क्रियाशिल महिला पत्रकार समुह बाँकेकी कार्यबहाक अध्यक्ष साबित्री गिरी रहेका थिए ।
कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री कुर्मीले पत्रकारिता क्षेत्रमा लागेका महिलाहरुलाई राज्यले प्रोत्साहन गर्न जरुरी रहेको बताए । उनले भने,‘पत्रकारिता गर्न सहज छैन । यस क्षेत्रमा लागेको महिलाहरुलाई प्रोत्साहन गर्न प्रेस युनियनले राम्रो कामको सुरुआत गरेको छ । यसको निरन्तरताको कामना गर्दछु ।’ आम पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति सत्य र सहि समाचार पहिचान गरेर मात्र सम्प्रेण गर्दा समाजमा सकारात्मक प्रभाव पार्ने मन्त्री कुर्मीले बताए ।
लुम्बिनी प्रदेश सभा सदस्यद्वय माया पुन र कृष्णा सापकोटा, नेपाली काँग्रेस महासमिति सदस्य डा. सुरेश कुमार कनोडिया, काँग्रेस बाँकेकी सहसचिव रेनु सिंह, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, बाँके उपाध्यक्ष करुणा शाह, युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसीले आफनो धारणा राखेका थिए । कार्यक्रम संयोजक नेपाल प्रेस युनियन बाँकेकी उपाध्यक्ष निशा शाहले स्वागत तथा कमल खत्रीले उद्देश्यमाथि प्रकाश पारेका थिए ।
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?