कुम्भरस्थित शिख सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद


सेतोखरी सेतोखरी   बुधबार, भदौ १९, २०८१
कुम्भरस्थित शिख सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद

नेपालगन्ज १९ भदौ : बाँके प्रहरीले जिल्लाको एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेका दुई थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ स्थित एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेका दुई थान भरुवा बन्दुक बरामद गरिएको बाँके प्रहरीले जनाएकोछ । 

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ कुम्भरस्थित शिख सामुदायिक वन उपभोक्ता समूहको कुम्भरदेखि बाँसखोली जाने गोरेटो बाटोमा एकनाले घरेलु भरुवा बन्दुक दुई थान बरामद गरिएको हो । बन्दुकसहित त्यसमा प्रयोग हुने बारुद र छर्रासमेत बरामद गरेकोछ ।

ईलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायब निरीक्षक भद्रसिंह ओलीको कमाण्डमा चार जना प्रहरी र शिख सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल बस्नेतसहित उपभोक्ता समूहका तीन जना पदाधिकारीले संयुक्त गस्ती गर्दै जाने क्रममा बुधबार बिहान अन्दाजी ४ः११ बजेको समयमा उक्त बन्दुक फेलापरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

बरामद गरिएका बन्दुकहरु प्रहरीको नियन्त्रणमा रहेको र थप आवश्यक अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।