नेपालगन्ज २१ भदौ : बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ । भने एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।
नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, निकुञ्ज र डिभिजन वनको सीमामा पर्ने क्षेत्रमा ‘जंगल वाक’मा गएका बेला शुक्रबार बिहान ८ देखि ९ बजेको बीचमा घटना भएको हो ।
घाइतेमध्ये विदेशी नागरिकको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको सेनाले जनाएको छ । ती घाइते वन हेरालु हुन् ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्