नेपालगन्ज २ असोज : नेपाल–भारत सीमानाका रुपैडिहामा भारतीय सुरक्षाकर्मीले आधा किलो चरेससहित एक जना नेपाली पक्राउ गरेकोछ ।
केही दिन अघि मात्रै दुई किलो १६० ग्राम लागूऔषध अफिमसहित दुई जना नेपालीलाई नाका पारी रुपैडिहामा पक्राउ गरिएको घटना सेलाउन नपाउँदै फेरि आधा किलो चरेससहित एक जना नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको हो ।
भारत उत्तरप्रदेश बहराईच जिल्लाको रुपैडिहा थाना इन्चार्ज शमशेरबहादुर सिंह र एसएसबी ४२ औँ बाहिनीका उपकमाण्डेन्ट रमनलालको संयुक्त टोलीले चरेससहित ती नेपाली महिलालाई नियन्त्रणमा लिएको हो ।
भारतीय सुरक्षाकर्मीले खानतलासी गर्दा पाँच सय ग्राम चरेससहित रोल्पा मिरुल वडा नम्बर–४ बस्ने सीताकुमारी बुढालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नेपाली नाका सहजै पार गरी भारतीय नाकामा पुगेपछि भारतीय सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको हो ।
बुढाका साथबाट बरामद गरिएको चरेशको अन्तर्राष्ट्रिय मूल्य १५ लाख रुपैयाँ रहेको एसएसबी ४२ औँ बाहिनीका कमाण्डेन्ट गङ्गा सिंह उदावतले बताइन् । उनले बुढा र बरामद चरेसलाई थप कारबाहीको लागि भारतीय अदालत बहराइच पठाइएको जानकारी दिए ।
यसैसाता रुपैडिहास्थित एसएसबीको ४२औँ बाहिनीका इन्स्पेक्टर सत्येन्द्र सिंहको नेतृत्वमा रहेको गस्ती टोलीले रुकुमको सिस्ने गाउँपालिका वडा नम्बर–५ का बरीलाल घर्ती र उनकी पत्नी नरमाया घर्तीलाई दुई किलो १६० ग्राम लागूऔषध अफिमसहित पक्राउ गरेको थियो ।
अफिमसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि बहराइच कारागार चलान गरिएको एसएसबीले जनाएको थियो ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्