नेपालगन्ज २ असोज : राप्तीसोनारी गाउँपालिका–२ गोबारपुरमा हात्तीले आक्रमण गर्दा दुईजना स्थानीय घाइते भएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले मंगलबार राति आक्रमण गर्दा राप्तीसोनारी–२ गोबारपुरका ४० वर्षीया लक्ष्मी बोहरा र उनकी १६ वर्षीया छोरी शान्ता बोहरा घाइते भएकी हुन् ।
हात्तीले बस्तीमा पसेर आक्रमण गरेको गरेको थियो भने घाइतेको दुवैजनाको उपचार नेपालगन्जमा भइरहेको छ । हात्तीले आक्रमण गर्दा घाइतेको घर वरिपरि लगाइएको खेतबाली पनि नष्ट भएको छ ।
यसअघि केही दिन पहिले पनि राप्तीसोनारी गाउँपालिका–१ गाभरमा जङ्गली हात्तीले आक्रमण गरेर दुईवटा घर भत्काएको थियो । हात्तीले स्थानीय धनबहादुर बुढामगर र सरिता पुनको घरमा क्षति पुगेको राप्तीसोनारी –१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए । उनका अनुसार सोबेला हात्तीले घर भत्काउँदा मानिसहरू समयमै भागेर ज्यान जोगाएका थिए ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्