नेपालगन्ज ३ असोज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा भएको मोटरसाईकल दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी अन्य २ जना घाईते भएका छन् ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १२ प ३१९५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको भे १२ प ४८२८ नम्बरको मोटरसाएकल एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी भे १२ प ३१९५ नम्बरका मोटरसाइकल चालक रामशरण थारु, भे १२ प ४८२८ का मोटरसाइकल चालक बसन्त थारु र मोटरसाईकलमा सवार अजय चौधरीको मृत्यु भएको भएको इलाका प्रहरी कार्यालय बैजापुर धामपुरले जनाएको छ । तीब्र गतिमा रहेका मोटरसाईकल बुधबार बेलुका करिव ५ बजेतिर राप्तीसोनारी–४ स्थित लठ्ठापुरमा ठोक्किएका थिए ।
घाइते अवस्थामा रहेका अजयको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
यस्तै मोटरसाईकल दुर्घटनामा परी घाइते अवस्थामा रहेका संगिन थारु र संजय थारुको उपचार भइरहेको छ ।
ईप्रका बैजापुर धामपुरका ईन्चार्ज एवम् प्रहरी नायव निरीक्षक भद्रसिंह ओलीका अनुसार मृतक अजय र रामशरण नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय धामपुरमा कार्यरत शिक्षक हुन् ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्