नेपालगन्ज ३ असोज : दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएकोछ ।
दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसी रहेको इलाका प्रहरी कार्यालय लमहीका इन्सपेक्टर प्रकाश भुसालले जानकारी दिए ।
लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकलमा सवार उनीहरु आज बिहान करिब सवा सात बजे लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेका थिए ।
मुख र टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थामा फेला परेका उनीहरुलाई प्रहरीले लमही अस्पतालमा ल्याएको थियो । चिकित्सकहरुले उनीहरुको मृत्यु भएको पुष्टि गरेका थिए ।
प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
११ घण्टा अगाडि
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर
अनुसन्धान हुनुपर्ने गगन थाप कि कुमार बेनमाथि?
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते
तिहार: एकैदिन कसरी पर्याे कुकुर र लक्ष्मी पूजा?