नेपालगन्ज ४ असोज : बाँकेको कोहलपुरबाट एक जना महिला छ दिनदेखि बेपत्ता भएकीछन् । कोहलपुर नगरपालिका –२ मनकामना टोलकी अन्दाजी ५० वर्षीया महिला पार्वती चन्द बेपत्ता भएकी हुन् ।
गत भदौ ३० गते दिउँसो १ बजेसम्म घरमै रहेकी र त्यसपछि सम्पर्कमा नआएको बेपत्ता महिलाकी छोरी सीता चन्दले बताइन् । छोरी सीताले घरमा कोही कसैलाई कुनै जानकारी नदिई घरबाट बेपत्ता भएको र जताततै खोजतलास गर्दा पनि हालसम्म फेला नपरेको बताईन् ।
उनले बेपत्ता आमा पार्वतीको खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको बताइन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टले भदौ ३१ गते खोजीका लागि उजुरी आएको र तत्पश्चात् बेपत्ता महिला पार्वतीको खोजतलास भइरहेको जानकारी दिए ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्