नेपालगन्ज ५ असोज : संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुगेका छन् ।
प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ । महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दीगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ ।
प्रधानमन्त्री ओलीले यहाँस्थित नेपाली संघसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्नेछन् । यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नेछन् ।
प्रधानमन्त्री ओलीले सम्मलेनमा अतिकम विकसित देशहरूको अध्यक्षको हैसियतले सम्बोधन गर्नेछन् । यसैगरी उनले कोलम्बिया विश्वविद्यालय र हार्वड विश्वविद्याललयमा नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा र नेपालको परिप्रेक्ष्यः संक्रमणकालीन न्यायबाट जलवायु न्यायका विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । –रासस
धनगढीबाट रविले भने ‘कारागारमा गरेकाे भाकल पूरा गर्न धार्मिक यात्रामा निस्किएकाे हुँ’
लुम्बिनीमा आनीको नियुक्तिविरुद्ध निरन्तर स्थानीय
विरोधबाट विचलित छैन, जिम्मेवारी निभाउछु: आनी छोइङ
सल्यानमा स्क्रब टाइफसको प्रकोप : अहिलेसम्म १० जनाको मृत्यु
नेपाल विश्वकप क्वालिफायर प्ले-अफको ‘होस्ट-कन्ट्री’
अम्बे स्टीलको तेल ट्याङ्कीमा आगो, १ करोड ५६ लाखको नोक्सान