File Photo
नेपालगन्ज ११ असोज : बर्दियाको मधुवन नगरपालिका–८ हाटबजार स्थित कोठारी थारुको घरको कोठामा बुधबार पेस्तोल फेला परेको छ । थारुको घरमा भारतीय नागरिक भाडामा बस्दै आएको कोठामा पेस्तोल फेला परेको हो ।
जिल्ला बहराईच मोतिपुर थाना उर्लाबजार उत्तर प्रदेश भारत घर बताउने सरोवर राईन नाम गरेका व्यक्ति गत बैशाख देखि थारुको घरमा कोठा भाडामा लिई बस्दै आएका थिए । गत भदौ २० गते कसैलाई जानकारी नगराई ती भारतीय नागरिक घरको कोठा छोडी गएका थिए ।
घरबेटी थारुले बुधबार कोठा सरसफाइ गर्ने क्रममा टियुसिएसओएन लेखिएको सेतो फाईबरको झोलामा राखिएको अवस्थामा होम मेड पेस्तोल फेला परेको हो । कोठामा पेस्तोल फेला परे लगत्तै घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।
कोठामा फेला परेको पेस्तोल प्रहरीले बरामद गरी भारतीय नागरिक सरोवर राईनको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्