नेपालगन्ज १७ असोज : जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएकोछ । चाडबाड सुरक्षा योजना अनुरुपा जिल्लाको समग्र शान्ति, सुरक्षा, सद्भाव र अपराध नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा बनाएको हो ।
चाडपर्वमा हुनसक्ने सम्भावित आपराधिक घटना नियन्त्रण र सुरक्षाका लागि बाँके प्रहरीले तालिम प्राप्त कुकुरसहित एक हजार प्रहरी परिचालन गरेको हो । भयरहित वातवरणमा दशैँ, तिहार र छठ जस्ता ठूला पर्व मनाउन प्रहरीले बाँकेमा विशेष सुरक्षा योजनाअन्तर्गत तालिम प्राप्त कुकुरसहित प्रहरी परिचालन गरिएको जनाएको छ ।
दशैँ, तिहार र छठलगायत चाडपर्वमा हुनसक्ने विभिन्न आपराधिक घटना रोक्ने र शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उरीक्षक(एसपी) तुलबहादुर कार्कीले जानकारी दिए ।
‘चाडपर्वको समयमा अपराध र गैरकानूनी कार्य रोक्न विशेष सुरक्षा योजना तयार गरेर लागू गरेका छौँ, जिल्लाको सुरक्षा व्यवस्थालाई ध्यान राखेर थप एक हजार प्रहरी परिचालन गरिएका छन्’, उनले भने ।
विशेष सुरक्षा योजनाअन्तर्गत एकजना प्रहरीले दैनिक कम्तीमा १६ घण्टा ड्युटी गर्नुपर्नेछ । यसअघि दैनिक आठदेखि १२ घण्टासम्म ड्युटी गर्दै आइरहेका प्रहरीलाई १६ घण्टा ड्युटीमा खटाइने योजना बनाइएको हो ।
चाडपर्वको बेला १५ प्रकारका अपराध हुनसक्ने बाँके प्रहरीको आँकलन छ । बाँकेमा सबैभन्दा धेरै चोरीका घटना हुन्छन् । पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र घरेलु मदिराको प्रयोगबाट अपराधका घटना हुनसक्ने प्रहरीको विश्लेषण छ ।
यसैगरी जुवातास, सवारी दुर्घटना, ध्वनि प्रदूषण र सार्वजनिक यातायातमा हुनसक्ने महिला हिंसाका घटनालाई कम गर्नेगरी सुरक्षा योजना तयार गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।
उनका अनुसार नेपालगन्ज भन्सार, जमुनाहा नाका, नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा सहरभन्दा गाउँघरमा मानिसको चहलपहल बढी हुने भएकाले गाउँमा समेत सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको बाँके प्रहरीले बताएकोछ ।
विशेष सुरक्षा योजनाअन्तर्गत अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानमा सादा पोशाकमा पनि प्रहरी परिचालन, सूचना सङ्कलन तथा उच्च निगरानी सुरु गरिएको कार्कीले जानकारी दिए ।
समग्र जिल्लाको सद्भाव कायम राख्न बाँके प्रहरी अग्रसर रहेको बताउँदै दशैंका बेला चोक, वस्ती र टोलमा राखिने दुर्गाको मुर्ती स्थलको निगरानी, सामाजिक द्वेष भड्काउने, उछृङखल गतिविधि गर्नेहरुमाथि प्रहरीले निगरानी बढाएको बाँके प्रहरीले जनाएकोछ ।
उता ईलाका प्रहरी कार्यालय कोहलपुरले चाडपर्वका बेला लागुऔषध ओसारपसार बढ्ने आशङ्का भएकाले कोहलपुरमा तालिमप्राप्त कुकुर परिचालन गरेर जाँचमा तीव्रता दिइएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले चाडपर्वका मानिसको भीड बढी हुनेहुँदा लागुऔषधको ओसारपसार बढ्ने आशङ्का रहेकाले यस्ता कार्य नियन्त्रणका लागि तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको बताए ।
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
१० घण्टा अगाडि
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर
अनुसन्धान हुनुपर्ने गगन थाप कि कुमार बेनमाथि?
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते
तिहार: एकैदिन कसरी पर्याे कुकुर र लक्ष्मी पूजा?