नेपालगन्ज २९ असोज : नेपालले लेबनानस्थित शान्ति सैनिक केन्द्रमाथि इजरायली पक्षले गरेको आक्रमणको निन्दा गर्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेको छ ।
परराष्ट्र मन्त्रालयले आफ्नो सामाजिक सञ्जाल एक्समा एक पत्र लेख्दै आक्रमणको निन्दा गरेको छ । साथै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन पनि आग्रह गरेको छ ।
मन्त्रालयले इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि गरेको आक्रमण तत्काल रोकिनुपर्ने घटनाको उचित छानबिन हुनुपर्ने माग गरेको हो । यसमा नेपालसहित ३४ राष्ट्रले हस्ताक्षर गरेका छन् ।
यसअघि युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमवार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलाको निन्दा गरेका थिए ।
गोकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा सिफारिस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति