नेपालगन्ज ८ कार्तिक : देशको आयात र निर्यात दुवैमा गिरावट आएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन (असोज) महिनासम्म आइपुग्दा ४.१७ प्रतिशतले आयात र ६.११ प्रतिशतले निर्यात घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।
नेपालले असोज महिनासम्म ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार रुपैयाँको वस्तु आयात गरेको छ । गत आवको सोही अवधिमा नेपालले कुल ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँ बराबरको बस्तु आयात गरेको थियो । जुन ४.१७ प्रतिशतले कम हो ।
त्यस्तै, तीन महिनामा नेपालबाट ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँको बस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँको बस्तु निर्यात गरेको थियो । जुन ६.११ प्रतिशतले घटेको छ ।
तीन महिनामै नेपालको व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो व्यापार घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
कारागारको पर्खालबाहिरै सुरुङ पुग्दासम्म प्रहरीले थाहै पाएन, कैदीहरू निस्किएको पनि पत्तै भएन
पत्रकारमाथि धरपकड: सरकारलाई छानबिन गर्न रास्वपाको निर्देशन, अरु के के निर्णय भयो?
बाढीले बगाएको त्रिभुवन त्रिशूली माबिका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र मनोसामाजिक परामर्श
डिडिसीमा १२ करोड घोटाला, तत्कालीन जिएमसहित आठजना समातिए
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते
कारागारमा सुरुङ खनेर डोल्पामा भागे ८ कैदी