नेपालगन्ज १० मंसिर : नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सुन्धरास्थित धरहरा परिसरबाट अनावरण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान आयोजित एक समारोहमा धरहराबाट ट्रफी सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको सहभागिता थियो । कार्यक्रममा आठ वटा टिमका खेलाडी पनि सहभागी थिए । ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपालको पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको जानकारी दिए । उनले यो ट्रफीमात्र नभई यसले विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत दिएको बताए ।
नेपालमा पहिलोपटक यही मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा एनपीएल हुँदैछ । एनपीएलमा आठ टोलीको सहभागी हुँदैछन् ।
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए