नेपालगन्ज १० मंसिर : नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सुन्धरास्थित धरहरा परिसरबाट अनावरण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान आयोजित एक समारोहमा धरहराबाट ट्रफी सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको सहभागिता थियो । कार्यक्रममा आठ वटा टिमका खेलाडी पनि सहभागी थिए । ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपालको पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको जानकारी दिए । उनले यो ट्रफीमात्र नभई यसले विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत दिएको बताए ।
नेपालमा पहिलोपटक यही मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा एनपीएल हुँदैछ । एनपीएलमा आठ टोलीको सहभागी हुँदैछन् ।
काठमाडौंमा घर भाडामा लिएर चिनियाँले बनाएका थिए सुन तस्करीको अड्डा
दसैंका लागि टिकट बुकिङ खुला
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व