नेपालगन्ज ११ मंसिर : अस्ट्रेलिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने विधेयक अघि सारेको छ । यो नियमको उल्लंघन गर्ने कम्पनीलाई तीन करोड २० लाख अमेरिकी डलर जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ ।
यो कानूनसँगै अस्ट्रेलियाले उमेर प्रमाणीकरण प्रणालीको परीक्षण योजना अघि सारेको छ । सामाजिक सञ्जाल कम्पनीहरूले यही प्रणालीअनुसार बायोमेट्रिक वा सरकारी प्रमाणीकरण प्रयोग गर्नुपर्नेछ ।
यो हालसम्म कुनै पनि देशले अघि सारेको सबैभन्दा महत्वपूर्ण नियमनको प्रक्रिया हो । यस्तै, यो कुनै पनि देशले तय गरेको उमेहदको उच्च सीमा हो । यो विधेयक पारित भएर कानुन बनेमा १६ वर्षमुनिका बालबालिकाको पहिल्यैदेखि रहेका अकाउन्ट पनि चल्न दिइने छैन ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले यसलाई ‘ऐतिहासिक सुधार’ भनेका छन् । सामाजिक सञ्जाल एवं इन्टरनेट कम्पनी मेटा र गुगलले यो कानुन पारितमा ढिलाइ गर्न माग गरेका छन् । दुवै कम्पनीले अस्ट्रेलियाले उमेर प्रमाणीकरण प्रणालीको परीक्षण गरिसक्दासम्म कानुन अघि नबढाउन माग गरेका हुन् ।
अस्ट्रेलिया सरकारले यसै हप्ताको अन्त्यसम्ममा उक्त विधेयक पारित गर्न सक्ने ठानिएको छ । सामाजिक सञ्जाल कम्पनीहरूले भने उचित परामर्शबिना कानुन अघि बढाउन खोजेको आरोप लगाएका छन् ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ