नेपालगन्ज १६ मंसिर : रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ ।
सुनछहारी गाउँपालिका वडा नम्बर–३ गाममा निर्माण भइरहेको उक्त झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए ।
पर्खाल भत्कदाँ सात जना काम गरिरहेका थिए । बाँकी दुई जनाले भने भागेर ज्यान बचाएका छन् ।
मृत्यु हुनेमा सुनछहरी–३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार रहेको उनले बताए ।
उक्त झोलुङ्गे पुल मौलाबाङ र बाहिरी गाम जोड्ने गरी बन्दै थियो ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ