काठमाडौँ : नेपालमा शारिरिक सुगठन विस्तारका लागि आइएफबीबी प्रोपफेसनल लिग हुने भएको छ । नेपालका बडी बिल्डरहरुबारे उत्सुकता जनाउँदै अन्तर्रा्ष्ट्रिय शारीरिक सुगठन महासंघ (आइएफबीबी)ले सो लिग सञ्चालन गर्ने भएको हो ।
‘आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ प्रो क्वालिफायर’ नाम दिइएको सो प्रतियोगिता ‘एकेडेमी हल’ मा यही फागुन ३ र ४ गते (फेब्रररी १५ र १६ मा) आयोजना हुने भएको हो ।
आइएफबीबी विश्व प्रसिद्ध बडी बिल्डर च्याम्पियनसिप लिग हो । यो लिग क्यालिर्फा्नियाका पुर्व स्टेट गभर्नर र चर्चीत हलिउड स्टार एर्नोल्ड शवरजेनेगरसँग सम्बन्धित रहेको छ ।
गत डिसेम्बर ७ को शुक्रबार एक प्रेस मिटमा आइएफबीबी लिग नेपालका अध्यक्ष सानु गुरुङ्गले आइएफबीबी लिगले आइएफबीबी लिग नेपाल चेप्टरलाई लिग सञ्चालनका लागि अवसर दिएको बातएका थिए ।
आइएफबीबी नेपालका अनुसार नेपालमा हुने यो प्रतियोगीतामा नेपाल लगायत विभिन्न देशका बडी बुल्डरको सहभागिता रहनेछ । नेपालमा पहिलो पटक हुन लागेको सो आइएफबीबी लिग बडिबिल्डिङका ‘गेष्ट पोजर’ का रूपमा नेदरल्यान्डका रोली विङ्कलार फेब्रुअरी १४ मा नेपाल आउने भएका छन् । उनी १४ तारिखमा आएर १७ तारिखमा फर्कने बताइएको छ ।
करिब ४ करोडको लगानीमा आयोजना भइरहेको यो च्याम्पियनसिपमा २० देशका २०० भन्दा बढी प्रतियोगीहरुको सहभागिता रहनेछ । अहिलेसम्म १७० देशहरु आइएफबीबी लिगका सदस्य भइसकेका छन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी