नेपालगन्ज : १३ औँ सागअन्तर्गत नेपालले तेस्रो दिन पनि ठूलो सफलता हात पारेको छ । दोस्रो दिन १५ स्वर्ण जितेर सफल भएको नेपालले तेस्रो दिन आठ स्वर्ण जित्न सफल भएको हो ।
नेपालले तेस्रो दिन तेक्वान्दोमा दुई, करातेमा दुई, उसुमा दुई तथा दुवाथलन र एथ्लेटिक्समा एक–एक स्वर्ण जित्न सफल भएको हो ।
तेक्वान्दोमा नेपालका लागि पुरुष ६८ केजीमुनी गेरुगीतर्फ वीर महराले स्वर्ण जितेका हुन् । महराले पाकिस्तानका खेलाडी मोहमद फाहिमलाई अंकले पराजित गरे । त्यस्तै महिलातर्फ तेक्वान्दोमा ४६ केजीको गेरुगीमा काजल श्रेष्ठले स्वर्ण जितेकी हुन् । काजलले पाकिस्तानकी सायद जादीलाई पराजित गरेकी थिइन् ।
त्यस्तै करातेतर्फ महिला कुमुतेको ६८ केजीमुनि सुनिता महर्जनले स्वर्ण जितेकी हुन् । सुनिताले पाकिस्तानी खेलाडी कुल्सुमलाई ८–२ अंकले अपराजित गरिन् । करातेकै पुरुषतर्फ पाकिस्तानका खेलाडीलाई हराउँदै नेपालका नबिन रासाइलीले ६७ केजी कुमुतेमा स्वर्ण जितेका हुन् । नबिनले पाकिस्तानका अहमेद नासिरलाई ८–६ अंकले पराजित गरे ।
एथ्लेटिक्समा नेपालले १० हजार मिटरमा ऐतिहासिक स्वर्ण जित्न सफल भएको छ । नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी हुन् ।
भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् ।
नेपालले दुवाथालनमा पनि स्वर्ण जित्न सफल भएको थियो । नेपालका हिमाल टमटाले स्वर्ण पदक जितेका छन् । पुरुष एकलतर्फ हिमालले स्वर्ण जितेका हुन् । त्यस्तै नेपालले उसुमा दुई स्वर्ण जितेको छ । लगनखेलस्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण जितेका हुन् ।
पुरुषमा विजयले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारेका थिए । विजयले ९.४८ अंक जोड्दै स्वर्ण जिते । महिलामा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारे ।
नेपालले महिला तथा पुरुष फुटबलमा सफलता हात पारेको छ । पहिलो दिनको खेलमा नेपाली पुरुष फुटबल टोलीले भुटानलाई ४–० गोल अन्तरले हराएको हो । त्यस्तै महिला फुटबलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको हो । यता महिला भलिबलतर्फ नेपालले रजत पदक जितेको छ ।
नेपाल फाइनल खेलमा भारतसँग पराजित हुँदै रजत पदक जितेको हो । नेपाल भारतसँग ३–२ सेटमा पराजित भएको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी