मेयर कपमा गोरखाको लगातार जित


मेयर कपमा गोरखाको लगातार जित

कोहलपुर: बाँकेको कोहलपुरमा सम्पन्न तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि गोरखा स्कुलले जितेको छ । यो जितसगैं गोरखा युनाईटेड पब्लिक स्कुल लगातार तेस्रो पटक शिल्ड उचाल्न सफल भएको हो ।

कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माध्यमिक विद्यालयको व्यवस्थापनमा फागुन २ गते देखी सुरु भएको प्रतियोगिताको मंगलबार समापन भएकोछ ।

‘अन्तर मावि स्तरीय मेयर कप तथा १२ औँ राष्ट्रपति रनिङ् शिल्ड छनोट खेलकुद प्रतियोगिता–२०७६’ मा कोहलपुर क्षेत्रका ३४ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत एथ्लेटिक्समा रिले दौड १ सय र ४ सय मिटरको छात्र र छात्रा दुबैमा गोरखा स्कुल प्रथम हुन सफल भएको छ ।

त्यसैगरी १०० मिटर र २०० मिटर दौडको छात्रातर्फ निलिमा मल्ल प्रथम, २ सय मिटर दौडमा छात्रतर्फ मनिष बुढामगर तृतिय, ४ सय मिटर दौडमा छात्रारछात्र क्रमशः पुर्णिमा खड्का र आशिष चन्द प्रथम, ८०० मिटर दौडमा छात्रा/छात्र सुभाष बराल र पुर्णिमा खड्का प्रथम, १५ सय मिटर दौडमा छात्र सुभाष बराल प्रथम र छात्रामा सरस्वती कुमाल तृतिय हुन सफल भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

भने हाईजम्प छात्रा÷छात्रमा पुर्णिमा खड्का प्रथम, सुभाष बराल द्वितीय, लङ्गजम्प छात्रा/छात्र दुबैमा क्रमशः आशिष चन्द र निलिमा मल्ल प्रथम, ट्रिपलजम्प छात्रा÷छात्रमा ज्योती थापा र आशिष चन्द दुबै द्वितीय र ३ हजार मिटर छात्रामा सरस्वती कुमाल द्वितीय र भलिबल छात्रातर्फ प्रथम हुँदै गोरखा स्कुलले कुल १४ विधामा प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरी एथ्लेटिक्सतर्फ छात्रामा गोरखा स्कुलकै निलिमा मल्ल र छात्रमा सुभाष बराल प्रतियोगिताको उत्कृष्ट वर्ष खेलाडी हुन सफल भएको विद्यालयका कर्ण बस्नेतले जानकारी दिए ।