राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

नेपालगन्ज: बाँकेको जानकी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर ५ प्रदेश सभा सदस्य बाबुराम गौतमले एक समारोहकाबीच गरेका छन् । प्रतियोगिता फागुन ६ गते देखि ८ सम्म सञ्चालन हुने छ ।

गाउँपालिका स्तरीय प्रतियोगितामा जानकी गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयकाका विद्यार्थीको सहभागिता रहेको छ । सांसद गौतमले शिक्षा अक्षरबाट मात्रै आर्जन नभई अतिरिक्त क्रियाकलापबाट आर्जन गरिने शिक्षाले विद्यार्थीको भविष्य उज्वल बनाउने बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले विद्यार्थीको क्षमता बृद्धिका लागि यस प्रकारका प्रतियोगिता अति आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला शिक्षा इकाईका प्रमुख राम सुरेश यादवले आगमी दिनमा जानकी गाउँपालिकाबाट पनि खेलकुदमा राष्ट्रका गहनाका रुपमा खेलाडी तयार हुने विश्वास लिएको बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भुमिसरा धिताल, बाँके जिल्ला खेलकुद संघका अध्यक्ष, खेलकुदका प्रशिक्षक, शिक्षक, अभिभावक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।उक्त प्रतियोगितामा गाउँपालिका क्षेत्रका २४ सामुदायिक विद्यालय र २२ वटा संस्थागत विद्यालयका विद्यार्थीको सहभागिता छ । प्रतियोगितामा भलिवल, हाइजम्प, लमजम्प, विभिन्न मिटरका दौड लगाएतका खेल समावेश रहेकोछ ।