पिएम कपको डेडलाईन फागुन १८


पिएम कपको डेडलाईन फागुन १८

नेपालगन्ज : नेपालगन्जमा १८ देखि २२ फागुनसम्म प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
छैठौं संस्करणको प्रतियोगितामा सार्क राष्ट्रका शीर्ष क्लबलाई आमन्त्रण गरिएको छ ।

बाँके जिल्ला भलिबल संघले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लबका खेलाडी सहभागी हुने मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसीले बताइन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रतियोगितामा प्रथम हुने टिमले दुईलाख, उपविजेतालाई एकलाख र तृतीय हुने टिमलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ ।
नेपाल–भारतका क्लबले मात्र सहभागिता जनाउँदै आएको प्रतियोगितालाई दक्षिण एसियाकै एक नम्बर बनाउने लक्ष्य लिएको संघका अध्यक्ष टिएस ठकुरीले बताए ।

उनले अघिल्ला वर्षको भन्दा बढी टिम सहभागी बनाउने पहल भइरहेको पनि बताए । ‘हरेक वर्ष प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा सहभागी टिमको संख्या बढ्दै गएको छ,’ उनले भने ।