छैठौं प्रधानमन्त्री कप: ३० लाख अनुमानित बजेट


छैठौं प्रधानमन्त्री कप: ३० लाख अनुमानित बजेट

नेपालगन्ज : बाँकेको नेपालगन्जमा यहि १८ देखि छैंठौ संस्करणमा प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता हुँदैछ । यसअघि नेपालगन्जमै पाँचवटा संस्करण सम्पन्न भइसकेका छन् ।

तर, यी सम्पन्न पाँचवटै संस्करण सञ्चालनका लागि विनियोजित बजेट र लागत खर्चको विवरण अहिलेपनि सार्वजनिक भएको देखिदैन् । यस पटकको प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ३० लाख बजेट आवश्यक पर्ने देखिएको छ । जसमा संघीय, प्रदेशदेखि स्थानीय सरकार र खेलकुद परिषद्बाट सहयोगको अपेक्षा गरिएको छ ।

बाँकेका सुशील कोइराला प्रधानमन्त्री भएदेखि नेपालगन्जमा नियमित प्रतियोगिता भएपनि पाँचौं संस्करणसम्म प्रधानमन्त्री कपको उद्घाटनमा एकचोटी पनि प्रधानमन्त्री सहभागि हुन सकेका छैनन् । तर, यस पटकको उद्घाटनमा प्रधानमन्त्री वा पुर्वप्रधानमन्त्री ल्याउने आयोजकको दाबी छ ।

यसअघिका प्रतियोगिताको आर्थिक आयव्यय र खर्चको विवरण प्रभावकारी सार्वजनिक हुन नसेको चौतर्फी गुनासो पनि आइरहेको छ । तर, अहिले हुन लागेको छैठौं प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगीताको आम्दानी र खर्चको विवरण प्रतियोगीता सम्पन्न भएको केही दिनमै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने छैठौ प्रतियोगिता मुल समारोह समितिका संयोजक प्रदेश साँसद कृष्णा केसी ‘नमुना’ बताउँछिन् ।

Kids Festival 2022
kanti aarogya hospital

उनकाअनुसार यो पटकको प्रतियोगिता सभ्य र भव्य सम्पन्न गर्नका लागि आफू निरन्तर लागिपरेको बताउँदै संयोजक केसीले यसका लागि संघीय, प्रदेश र स्थानीय सरकार तथा बाँकेका व्यवसायी, नागरिक समाज, पत्रकार, सरकारी तथा गैरसरकारी संस्था सबैसँग सहयोगको आग्रह गरेको बताएकीछन् ।

उनकाअनुसार फागुन २२ सम्म हुने उक्त प्रतियोगिताका लागि सार्क राष्ट्रका शीर्ष क्लवलाई आमन्त्रण गरिएको छ । प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लवका खेलाडी सहभागी हुने छन् ।

यस प्रतियोगितामा कुनैपनि खालको राजनीतिक रंग नहुँने उनले दाबी गरेकी छन् । को/कहाँबाट कुन राजनीतिक पुष्ठभूमिबाट आयो त्यो मलाई थाहा छैन उनले भनिन् ‘यस पटकको छैठौ प्रधानमन्त्री कप भहिला भलिवल प्रतियोगीता सफल बनाउँनु सबैको उत्तिकै जिम्मेवारी र दायित्व हुनेछ ।’ उनले आफू पहिले पनि भलिवल खेलाडी भएकोले यस पटकको प्रतियोगिता सम्पन्न गर्ने जिम्मेवारी लिएको बताइन् ।

अहिले साँसद केसीले नै उक्त प्रतियोगिताको नेतृत्व गरेकाले यस पटकको उद्घाटन वर्तमान वा पुर्वप्रधानमन्त्रीकै हातबाट हुने र प्रतियोगिता यसअघिका भन्दा फरक सभ्य तथा भव्य हुने जनविश्वास छ ।

प्रतियोगितामा प्रथम हुने टिमले दुईलाख, उपविजेतालाई एकलाख र तृतीय हुने टिमलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । नेपाल-भारतका क्लवले मात्र सहभागिता जनाउँदै आएको प्रतियोगितालाई दक्षिण एसियाकै एक नम्बर बनाउने लक्ष्य लिएको संघका अध्यक्ष टिएस ठकुरीले बताउँछन् ।

अघिल्ला वर्षको भन्दा बढी टिम सहभागी बनाउने पहल भइरहेको पनि उनले बताए । उनकाअनुसार यसअघि खेलकुद मन्त्रीबाट मात्रै उद्घाटन हुने गरेको प्रतियोगितामा अहिले केही फरक हुनसक्ने उनले बताए ।

यसअघिका चारवटा संस्करणको आर्थिक हिसाब सार्वजनिक भइसकेको बताउँदै उनले यसअघिको एक वर्षको मात्रै आर्थिक हिसाब सार्वजनिक गर्न बाँकी रहेको जानकारी दिए । बाँकेको नेपालगन्जमा प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगीता २०७० देखि शुरूवात गरिएको थियो ।